Friday, June 24, 2016

मान्छेभित्रको मान्छे जगाउने कोसिसमा म असफल भएँ

रूपचन्द्र विष्ट
महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले देहत्याग गर्नुभएको यसै साता सत्र वर्ष बितेको छ । वामपन्थी कम्युनिस्टहरूले ‘कम्युनिस्ट’ भन्ने गरेको, कांग्रेसले चिन्न नखोजेको, पूर्ण स्वतन्त्रताका पक्षधर रूपचन्द्रले नेपालीको प्रवृत्ति र चरित्रबाट आजित भएर देहत्याग गर्ने निर्णय लिनुभएको थियो, तर सीधै आत्महत्या गर्ने सोच उहाँको थिएन । वि.सं. २०५२ सालको जेठमा कालिमाटीस्थित विष्टको निवासस्थानमा अन्तर्वार्ताका लागि पुग्दा उहाँले भन्नुभयो, ‘मेरो काम मान्छे जगाउने हो, मैले मान्छे जगाउने खुब प्रयास गरेँ, तर मान्छे जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई नै काम लागे । … अब मैले बाँच्नुपर्ने कारण छैन, म मर्दै छु । डुबेर या झुन्डिएर मर्दा प्रहरी र तिमीहरूजस्ता भातेहरूले दु:ख पाउँछौ, त्यसैले भोक लाग्दा यो शरीरलाई खान नदिने, निद्रा लाग्दा सुत्न नदिने, बिरामी पर्दा औषधिको सट्टा रक्सी दिने गरेको छु ।’ यिनै दार्शनिकले २०५६ को असार ७ गते देहत्याग गरेका थिए । चार वर्षभन्दा बढी समयदेखि प्रयास गरेर बडो मुस्किलले देवप्रकाश त्रिपाठीलाई २०५२ को जेठमा दिनुभएको रोचक अन्तर्वार्ता विष्टको सत्रौँ स्मृति दिवसको अवसरमा प्रस्तुत गरिएको छ ।
मान्छेभित्रको मान्छे जगाउने कोसिसमा म असफल भएँ
– रूपचन्द्र विष्ट

० विष्टजी, तपाईंले पहिले जनतामा चेतना विस्तार होस् भन्ने उद्देश्यले ‘थाहा आन्दोलन’ चलाउनुभएको थियो, यता केही वर्षदेखि न तपार्इंले जनतालाई केही थाहा दिइरहनुभएको छ न तपाईं कहाँ बस्नुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने नै जनताले थाहा पाएका छन् । किन यसरी बसिरहनुभएको छ ?
– मैले मान्छेले या त साधारण प्राणी जीवन मात्र बिताइरहेको देखेँ, या नतिजा कसरी हासिल गर्नुपर्छ भन्ने कुराको स्वच्छन्द भएर माग गरिरहेको पाएँ । अनि थाहा, थाहा हुनुपर्‍यो, के चाहियो, कसरी त्यो हासिल गर्ने, त्यो थाहा नभईकन चिज किन खोज्ने मात्रै भन्दै हिँड्दाखेरि धेरै थाकेँ म । अनि ‘थाहा’ लेख्दै हिँडेँ । कहिलेकाहीँ यस विषयमा धेरै ठूला व्याख्याहरू पनि गरिए । सत्य र ठीक आ–आफैंले थाहा पाउनुपर्ने, थाहा भएको मान्छेहरू आपसमा कुराकानी–नमिलाउने काम हुनुपर्ने, तर थाहा भएका कुरा सुनेर–पढेर थाहा पाएको स्वाङ पारेर हिँडेर के गर्नु ? तपस्याले मुक्ति तहको थाहा, साधनाले ज्ञान तहको थाहा अनुभवद्वारा साधारण थाहा मिल्छ । कुन तहको थाहा चाहिन्छ लेऊ, यहाँ धनी काम लाग्दैन, बाउ काम लाग्दैन, गुरु काम लाग्दैन, खेताला काम लाग्दैन, पैसो काम लाग्दैन, थाहा त्यस्तो विषय हो । मान्छेभित्रको मान्छे जगाउन गरेको कोसिस थियो यो । भाले खोज्ने, पोथी खोज्ने, बाँच्न खोज्ने, ब्याउन खोज्ने, बच्चा हुर्काएर मर्न खोज्ने, साक्षात् मान्छेको जुनीमा मान्छेका आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छेभित्रको मान्छे जगाउने प्रयासस्वरूप थाहा आन्दोलन गरियो । या त मान्छे जाग्दै जागेनन्, जे–जति जागे लुच्चा, फटाहाहरूलाई नै काम लागे । यी राप्रपा मण्डले पुराना बद्नाम मण्डले भइहाले । यिनीहरूको मण्डले कांग्रेसका कुपुत्र राप्रपा मण्डले, मण्डलेहरूको कुपुत्र यी एमाले मण्डलेहरूको कुपुत्र यी एमाले मण्डले हुन् । मान्छेलाई चाहिएको, मन परेका यस्तै मात्रै हुँदारहेछन् । मान्छेभित्रको मान्छे जगाउने कोसिसमा म असफलै भएँ । जनमुखी राजनीति एउटै राजनीति भनेर जनता जगाउने भनेको हरेक जनसाधारणले जम्मै जनसाधारणको हित हुने भाव, विचार, व्यवहार गर्नुपर्छ, अनि सत्य र ठीकको राज्य नत्र झुट र बेठीकको राज्य हो कि होइन लौन भन्दै जाँदाखेरि यस सम्बन्धमा बोलिएका, लेखिएका कुरा जो–जसले पढे ‘त्यो’ एउटा हटाइदेऊ भन्ने मनसाय अहिलेका नेता भन्नेहरूको रहेछ । यी जम्मै मिलेर भ्रम फैलाए जनतामा । अहिलेका एमाले भन्नेहरू–मालेहरूले रूपचन्द्र विष्ट बिग्रियो मण्डले बन्यो भनेर हिँडे, अनि मण्डलेहरूले हो हामीले बिगार्‍यौँ त्यसलाई भनेर भने । कांग्रेस, मसाले आदिले हो त्यो बिग्ेरकै हो भनेर हिँडे, जनसाधारणले हो रे– हो रे भने । झुटै बढी मनपराउने स्वभाव हाम्रो नेपालको समाजको स्वभाव– मनोविज्ञान छ । सत्य जति पटक भने पनि असरै नपर्ने झुट छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाने हुँदोरहेछ । दृष्टान्तकै निम्ति एउटा कुरा भन्छु– रूपचन्द्रको इतिहास के हो, उसको राजनीतिक पर्चा र भाषण के थिए, त्यो सब कुरालाई वास्ता नगरेर एउटी बूढीको एक भारी मल, एकपटक उसले बोकिदिएको भरमा ०३८ सालको आमचुनाव जित्यो भन्ने कुरा यति धेरै फैलिएर गयो कि होइन भनेर जतिसुकै पटक भन्दा पनि कसैले पत्याएनन् । एउटा गाउँ पञ्चायतको, एउटा वडाको, एउटा घरको एकजनाको एक भारी मल बोकेकै भरमा रूपचन्द्रले चुनाव जितेको भन्ने कुरा खुब मनपर्‍यो मान्छेलाई । यिनीहरूलाई स्वदेशी, विदेशी जनविरोधीहरूले चिनेका छन् । यिनीहरूको मनोविज्ञानलाई सुहाउँदो अनेक भ्रमहरू फैलाउँछन्, त्यही भ्रममा यिनीहरू परेका छन् । जनताको राज्य चल्नै नसक्ने देखेपछि जनविरोधीसँग एक्लै कति भिडिरहनु भनेर पन्छिन खोज्थेँ, ठिक्क ठाउँमा पुगेको छु ।
० त्यसो भए तपार्इं आफ्नो जीवन र अभियानसित थाकिसक्नुभएको हो ?
– थाकेको भन्दा पनि अब मेरो राजनीतिमा काम छैन भन्ने कुरा छर्लङ्ग देखेर यस रूपमा बसेको छु । नत्र अहिले म आफ्नो शारीरिक तन्दुरुस्तीका निम्ति लामो आयुका निम्ति गर्नुपर्ने साधनाहरू गरिरहन सक्थेँ । अहिले म त्यसको विपरीत तालमा छु र यति नै ठीक लागिरहेको छ । लामो आयुका निम्ति जे–जस्तो गरिनुपथ्र्याे त्यो सबको उल्टो चर्या छ अहिले मेरो । हेर्नुस्, जनतामा ता थिएन, छैन र जगाउनै सकिएन । बहुसङ्ख्यक मानिस जनता हुन्, अल्पसङ्ख्यक मान्छे कहिले जनविरोधी हुन्छन् कहिले सहायक जनतासम्म हुन सक्लान् । जनतामा ता नभए पनि ती जनता हुन सक्दैनन् । ता हुनका निम्ति जनभाव चाहियो, जनविचार चाहियो भाव, विचार, व्यवहार जब हुन्छ त्यसबेलामा मात्रै बहुसङ्ख्यक मान्छे जनता हुन्छन् । यहाँ त एउटा किसानले आफ्ना एक हल गोरुलाई भन्दा बाँकी जम्मै किसानलाई कम महत्त्व दिन्छ । एउटी आइमाईले आफ्नो एकजोर गहनाभन्दा बाँकी जम्मै आइमाईलाई कम्ती महत्त्व दिन्छे । यस्तो भएपछि जनतामा ता कसरी आउने ? यी त जन मात्रै हुन् जनता होइनन् । तामाङ भनेर हुन्छ कि, नेवार भनेर हुन्छ कि, मधेसी भनेर हुन्छ कि अरू कुन भनेर हुन्छ भन्ने लागेर हिँडेको बरु देखिन्छ । तर, एउटा गरिबमाथि भएको अन्याय अर्को गरिबले नसहने, सुन्नासाथ पनि विरोध गर्ने गरेकोचाहिँ देखिन्न । एउटी नारीमाथि भएको बेठीक व्यवहारका विरुद्धमा अरू नारीहरूले लेख्ने, बोल्ने, उठ्ने गरेको त देखिन्न । हजारमा सय उन्नान्सय गरिब र आइमाईका शत्रु चुनाव जित्छन्, यिनीहरू आफ्नो भोट आफैँले धाँधली गरेर हाल्छन् आफ्नो शत्रुलाई । जसले काम धेरै गरिब र आइमाईलाई, कमाइ धेरै शोषक–शासक पुरुषहरूलाई यस्ता अंशवण्डा लगाउने, कानुन बजेट बनाउने सरकार–व्यवस्था चलाउने, यस्ता राजनीति गर्नेहरूलाई जातलाई भोट, नातालाई भोट, पैसालाई भोट केही भनेर यिनका भोट जब पर्छन् वास्तवमा यिनीहरूभित्र भोट पनि छैन, धाँधली हाले, धाँधली भोटभन्दा बढी केही दिन पनि सक्दैन यो संविधानले यिनीहरूलाई । आमचुनाव भनेको देशलाई कानुन कस्तो चाहियो भन्ने चुनाव हो । कानुन बनाउने निकाय हो संसद् भनेको । यहाँका जनतामा कानुन किन बनाउने र कस्तो बनाउने भन्ने कुराको ज्ञान हुनै सकेन । जसले जे खोजेकै छैन त्यसलाई त्यो चिज दियो भने लिँदैन, लिएकोजस्तो गर्‍यो भने पनि ऊसँग रहँदैन । अहिलेसम्म यहाँ हिन्दुस्तानको प्रजातान्त्रिक क्रान्ति र चीनको जनवादी क्रान्तिको नाममा भोट लिने र भोट दिने गरिएको छ । यहाँका मानिस सार्वभौम हुन् र सत्ता जनताको हातमा छ भन्ने फटाहा कुरा हो । रक्षामन्त्रीको हातमा सैनिक, परराष्ट्रमन्त्रीको हातमा परराष्ट्र सम्बन्ध र अर्थमन्त्रीको हातमा बजेट हुने भए पो सत्ता जनताको हातमा भन्न मिल्छ । यी सबै विषय राजाको सीमा क्षेत्रमा पर्छन् । यहाँ अहिले जनतामा ता छैन, जनतामा ता नभएपछि कार्यकर्तामा ता हुनै मिल्दैन, जनताको ता मूल ता, कार्यकर्ताको ता तस्बिर ता, त्यो दुईवटा ता भएपछि मात्रै नेतामा ता हुने हो । त्यो दुईवटै ता नेता झन् ता नभएपछि हुने कुरै भएन । ता नभएका जनता, नेता, कार्यकर्तामा मेरो कामै नहुने ।

० त्यसको मतलब तपाईं अब राजनीतिक गतिविधिमा चाहिँ पटक्कै नलाग्ने पक्षमा हुनुहुन्छ, हो ?

– यहाँ राजनीति सुरु गर्न सकिएन । राजनीतिको नाममा जनता झुक्याउने नीति, ठगठाग नीति, बजेट–ठेक्कापट्टा हत्याउने नीति नै राजनीति भनेर हिँडेका छन् । त्यो राजनीति होइन । जुन नीतिले धेरै हित हुन्छ त्यो राजनीति हो । लुच्चा, फटाहा, बद्मास, बेइमानहरू नै यहाँका जनसाधारणले खोजेका छन्, पाएका छन् । यी सुहाउँदा जनसाधारण छन्, जनसाधारण सुहाउँदा ती छन् । एकलौटी मण्डले निर्धो भएको र बहुमण्डले बलियो नभइसकेको बेलामा म के के न हुँ भन्ने रूपमा देखापरेको थिएँ । त्यो छोटो समय सदुपयोग गरेँ, त्यस्तो समय एकपटक आएको थियो, गयो ।

० त्यसो भए अहिलेको यो प्रजातान्त्रिक बहुदलीय व्यवस्थाभन्दा पञ्चायती व्यवस्था नै ठीक थियो त तपाईंका लागि ?

– होइन । तिमीलाई चोरले दु:ख दिएको बेस कि डाँकाले दु:ख दिएको बेस, भीरबाट लडेको बेस कि बाघले खाएको बेस भनेको जस्तो कुरा नगर न । प्रश्नै ठीक भएन । यी दुवै बेठीकहरूका नाम हुन् । ती एकलौटी मण्डले हुन्, यी बहुमण्डले हुन् । एकलौटी मण्डलेभन्दा बहुमण्डले जनतन्त्रपट्टि एक पाइलासम्म अगाडि हुन् । जनतन्त्र भनेको जनसाधारण हरेकले जम्मै जनसाधारणको हितका भाव, विचार, व्यवहारै नगरीकनचाहिँ हुनेवाला छैन ।

० यो मशाल, जनमोर्चा आदि भन्नेले पनि जनतन्त्र ल्याउने कुरा गरेको सुनिन्छ, तपाईंले भनेको र उनीहरूले भनेको जनतन्त्र एउटै हो कि क्या हो ?

– होइन । ती जाली–फटाहामध्येमा पर्छन् ।
० तपाईं आफूबाहेक ठीक राजनीति गर्ने अरू कोही यो नेपालमा छैनन् भन्ने ठान्नुहुन्छ, हो ?
– ठीक राजनीति जसलाई चाहिनुपर्ने हो, तिनीहरू नै मान्छे सुरु भएका छैनन् । जीविका गर्ने जन्माउने प्राणी काम, सत्य र ठीक फैलाउने मान्छे काम । जसलाई मान्छे काम चाहिएको हो, ती प्राण काम मात्रै गरेर बसिरहेका छन् । तिनलाई म कसरी ठीक भनूँ ?
० तपाईं आफूबाहेक अन्य सबैका प्रति नकारात्मक दृष्टिकोण मात्रै राख्नुहुन्छ ?
– किन सबैका प्रति नकारात्मक–सकारात्मक दृष्टिकोण राख्नु ? कसैका प्रति सकारात्मक या नकारात्मक दृष्टिकोण राख्ने त जागिरे वा भाडाको मान्छेको काम हो । चिज जस्तो देखियो उस्तै भन्ने हो । मोटरमा हेर्न गयो भने ड्राइभर कम्युनिस्ट नहुने, त्यो मोटरमालिकचाहिँ कम्युनिस्ट हुने, खेतमा हेर्न गयो भने कुत खानेचाहिँ कम्युनिस्ट, तर जोताहा चाहिँ कम्युनिस्ट होइन । रिक्साचालक कम्युनिस्ट होइन, रिक्सा चढ्नेचाहिँ कम्युनिस्ट । सानो कर्मचारी कम्युनिस्ट होइन, हाकिम कम्युनिस्ट । साहुको नोकर कम्युनिस्ट होइन साहुचाहिँ कम्युनिस्ट । यो जाली–फटाहा तरिका परेको छ कम्युनिस्टलाई ? यिनै कम्युनिस्ट जाली–फटाहाहरूमध्येमा सामेल हुन खोजिएन । मसँग राजनीतिक सिद्धान्त नमिले पनि टंकप्रसाद आचार्य, खड्गमान सिंह यो देशका होनहार तपस्वीहरू हुन् । यहाँका प्रभावशाली मान्छेहरू र जनसाधारणहरूबाट तिरष्कृत भई बाँचेर उनीहरू मरे । डिल्लीमरण रेग्मी अर्का तपस्वी हुन् जो त्यसैगरी जाँदैछन् । यहाँका प्रभावशाली मान्छेहरू र जनसाधारणलाई चाहिएको कुनै न कुनै प्रकारको जोगे नै जोगे मात्र रहेछ ।
० अनि तपाईंले त बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी आदिको त नामै लिनुभएन ?
– बीपी विदेशीहरूले उठाएर बीपी भएका हुन् । गणेशमान सिंह राजनीतिक सैद्धान्तिक मानिस होइनन् । कुन कारणले उनी राजनीतिमा पुगेछन् । तर, विरोधी एवम् षड्यन्त्रकारीहरूको जालमा पर्न र घुमिरहन मन नपराउने विद्रोही भने गणेशमान अवश्य हुन् । चोट्टा र ठगहरूको शङ्गार–पटारको साधन बन्न नमान्ने मान्छे गणेशमान सिंह हुन् । अर्का मनमोहनजी पनि छन्, उनलाई एकप्रकारले गणेशमानजीको तहमा लिने र अर्का प्रकारले नलिने गरे पनि मनमोहनजी आफूलाई मन नपरेका विरोधीहरूको शङ्गार–पटारको साधनै भइदिने, यसरी पनि जीवनको सदुपयोग बढी हुन्छ कि भन्ने प्रकारमा मनमोहनजी लाग्नु भो । यसप्रकारमा गणेशमानजी लाग्नुभएन । मदन भण्डारीलाई पनि म राजनीतिक–सैद्धान्तिक मान्छेको रूपमा बुझ्दिनँ । उनका नामबाट आएका दुईवटै चित्रमात्र पाउँछु म, एउटा हो राजाले श्रीपेच फुकालेर मदन भण्डारीसँग चुनाव लड्न आए हार्नेछन् भनेको कुरा, अर्को हो– बहुदलीय जनवाद । उनको परिचयको नाउँमा धेरै मान्छेले जपिरहेको कुरा यही दुईवटा देख्छु । यी दुवै दोषग्रस्त रूपमा म पाउँछु । राजाले मसँग श्रीपेच फुकालेर चुनाव लड्न आउनु भनेर भण्डारीले भनेपछि राजा दङ्गदास । श्रीपेचको सम्मान गरिस् भनेर उनले स्वाबासी पाए । श्रीपेच नभएपछि वीरेन्द्र मात्र भनेको त एक व्यक्ति हुन् । त्यसैले श्रीपेचको सम्मान गरेकोमा राजाले स्वाबासी दिए । कार्यकर्ताले के–के न भनेर जपे । ऊसँग प्रतिस्पर्धा गर्न खोजिरहेका राप्रपा कांग्रेस भन्नेहरूले भण्डारीलाई जितेर अरू केही भन्न पनि सकेनन्, अक्क न बक्क भएर बसे । यो बकम्फुसे कुरा हो । कम्युनिस्ट कुरा त राजा तिम्रो पछाडि भोट कति छन् हेर्ने ? श्रीपेच लगाएर चुनावमा आऊ तिम्रो र मेरो भोट कति भनेको भए कम्युनिस्ट हुन्थ्यो । यस्तो फट्याइँपूर्वक आएको कुरालाई के महत्त्व दिनु ? अर्को बहुदलीय जनवाद भनेर के भन्या हो ? यो कम्युनिस्ट सिद्धान्तबाट नितान्त बाहिरको कुरा हो ।
० प्रजातन्त्र स्थापनापछिको नेपालमा तपार्इंले राजा, कांग्रेस, कम्युनिस्ट र राप्रपामध्ये अपेक्षाकृत कसको भूमिका राम्रो पाउनुभएको छ ?
– राजालाई केही भनिरहनुपर्ने कुरा भएन । राजाको आफ्नो क्रियाकलाप त हुने नै भइगए, तर देखावटी रूपमा संवैधानिक राजतन्त्र यहाँ छ, तिनलाई केही भनिहाल्नु पर्ने म ठान्दिनँ । कांग्रेस, कम्युनिस्ट, राप्रपामध्ये कुन कम्ती खराब भन्न पनि सकिहाल्नुभएन तपाईंले, भन्न खोजेको त्यही नै हुनुपर्छ । यही बेठीक संविधानको मस्यौदाकार र हस्ताक्षरकारी यिनीहरू, यही संविधानअन्तर्गत यिनीहरू सरकार बनाउन चाहने, यिनीहरूलाई खास छुट्याइरहनुपर्ने कुरा केही पनि छैन । राप्रपाले गर्ने क्रियाकलाप ३० वर्ष हेरियो । कांग्रेसको पनि हेरियो, सत्तामा पुगेपछि कांग्रेसभन्दा डेढ कांग्रेस एमाले, राप्रपाभन्दा डेढ राप्रपा पनि एमाले भन्ने पारा पनि यसैले भ्याएको छ । होइन कांग्रेस, राप्रपाको विरोधी पनि एमाले नै हो अरू कोही होइनन् भन्न पनि यसैले नै भएको छ । एमाले जति झुट र बेठीक गर्छ नोट र भोट पनि त्यति नै बढाउँदै लगिरहेको छ । यहाँका जनसाधारण पनि यस्तै अहिलेसम्म यिनीहरूको नै फलिफाप हुँदै गइरहेको छ ।
० आगामी चुनावपछि बन्ने संसद्मा तपार्इं कसको बहुमत आइदिए हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ ?
– त्यस्ता कोही छैनन् । गाँसेगुसे सबै एकैनासे । जो बहुमतमा आउनुपर्ने थियो त्यसको गर्भै रहन सकेन । तेरो टाउको फोर्ने–फोर्ने, घनले फोर्ने कि ढुङ्गाले फोर्ने कि इँटाले फोर्न हो तंै रोज भनेजस्तो प्रश्न के गर्नुहुन्छ ? रोजी–छाडी गर्ने विषय छैन यहाँ । प्रजातन्त्र स्थापना भएको पाँच वर्ष नबित्दै तेस्रो आमनिर्वाचन हुने भइसकेको छ ।

० यसरी पटकपटक मध्यावधि निर्वाचन हुनुमा तपाईं केको वा कसको दोष देख्नुहुन्छ ?

– दोष भनेर के भन्ने ? यो साधारण स्वाभाविक कुरा हो । यो शत्रुदास मन्त्रिमण्डल एमालेले करिब ६ महिना चलायो ।
० शत्रुदास भनेको के हो नि ?
– राप्रपा यसको शत्रु, कांग्रेस यसको शत्रु– यी दुवैको दास भएर एमालेले मन्त्रिमण्डल बनायो र ६ महिना चलायो पनि । उनीहरूले जति जे गराउनुपर्ने गराइसकेपछि लात्ताले हानेर फाल्न खोजे, एमालेले पनि मध्यावधि हिर्काउने भनेर हिर्कायो, यो सामान्य खेल हो ।

Taken from http://www.ghatanarabichar.com/44690-2/

Sunday, December 28, 2014

Interview With DR Bhimarjun Acharya in Image Channel


Born at Dang, Rapti, Nepal, on 18th December, 1971, Bhimarjun  Acharya, son of Nimkanta Acharya and Devaki Acharya  is one of the most influential constitutional expert of all time in Nepal. As a lawyer with the specialization in constitutional law, he has been practicing with the Supreme Court of Nepal for years.



Friday, December 19, 2014

Ultimate Descent: Paragliding From Everest's Peak, Then Kayaking to Indian Ocean

For most people, climbing Mount Everest is the ultimate life adventure and reaching the summit would be the journey's goal, but for two unexpected friends, Sanobabu Sunuwar and Lakpa Tshiri Sherpa, it was only the beginning of their epic voyage together.
In a never before attempted feat, the two Nepali men set their sights on paragliding from Everest's summit and then taking a near 500-mile kayaking trip on the Ganges River to the Indian Ocean in 2011. It was an excursion that would take months.
Only four people have ever glided off the top of Everest, and the story of Sunuwar and Sherpa is just as remarkable as their journey.
The two men tackled some of the most dangerous terrain and powerful rivers in the world without sponsors and without permits. Their story won the 2012 National Geographic Adventurers of the Year award.More at

Flying from Mt. Everest The Mission World Record BASE Jump

Nearly 60 years to the day after the first ascent up Mount Everest, Russian extreme sport star Valery Rozov (48) flew off the north face of Mount Everest - the world's highest BASE jump ever - 7220 meters (23,688ft) above sea level.

The ascent began on the Chinese side on the famous north route. It took him four days to climb from the base camp to the jumping location. At precisely 2:30 p.m. local time he leaped despite adverse weather conditions with temperatures -18 Celsius.

Because the cliff at the top was not very high, the initial moments of the leap in the rarified high altitude air were the most critical phase. Rozov needed more time than usual in the thin air to transition from freefall to flying. After that he flew for nearly a full minute at speeds of about 200 km/h (125 mph) along the north face before he landed safely on the Rongbuk glacier - at an altitude of 5,950 meters.

"Only when I got back home did I see how hard it was for me both physically and psychologically," said Rozov after getting home to Moscow. "When you look at the videos you realize that it took a lot longer than usual to get from falling to flying."



http://redbull.com

Taken from https://www.youtube.com/watch?v=h_k8LsJDGlM

Nepal: Above & Beyond

Why You Should Go

The 10 Coolest Places To Visit In 2015 Nepal, Above and Beyond

Nepal, Above and Beyond
Long beloved as a trekking paradise, Nepal is slowly emerging as a luxury destination. Absolute directs visitors to immerse themselves in Nepal’s astounding beauty and diverse artistic traditions, watch the sun light up the world as it rises over the Himalayas, stroll bucolic mountain valleys, visit ceramic and textile workshops, explore impressive temples and monasteries, and take a leisurely boat ride on Lake Phewa, whose calm waters mirror the snowy peaks that tower above. Go now to stay at the newly opened wellness-focused Dwarika’s Resort before it’s discovered by the crowds. More at

From http://www.forbes.com/sites/annabel/2014/11/25/the-10-coolest-places-to-visit-in-2015/

Seven Summits Women from Nepal Bring Attention to Women and Girls Empowerment

Secretary of State John Kerry met on Wednesday with seven women mountain climbers from Nepal who are visiting Washington, DC and Los Angeles from July 16 to 23 to promote women’s empowerment, education, and environmental awareness.
The all-women team climbed Mt. McKinley (Denali) in Alaska on June 24 and has now reached the top of six of the seven summits of the highest mountains on each of the seven continents. Only Antarctica’s Mount Vinson remains for them to conquer. Their goal is to become the first all-female team to climb the highest mountain on each continent. More at

From http://www.state.gov/r/pa/prs/ps/2014/07/229425.htm