Posts

Showing posts from June, 2016
Image
मान्छेभित्रको मान्छे जगाउने कोसिसमा म असफल भएँ
महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले देहत्याग गर्नुभएको यसै साता सत्र वर्ष बितेको छ । वामपन्थी कम्युनिस्टहरूले ‘कम्युनिस्ट’ भन्ने गरेको, कांग्रेसले चिन्न नखोजेको, पूर्ण स्वतन्त्रताका पक्षधर रूपचन्द्रले नेपालीको प्रवृत्ति र चरित्रबाट आजित भएर देहत्याग गर्ने निर्णय लिनुभएको थियो, तर सीधै आत्महत्या गर्ने सोच उहाँको थिएन । वि.सं. २०५२ सालको जेठमा कालिमाटीस्थित विष्टको निवासस्थानमा अन्तर्वार्ताका लागि पुग्दा उहाँले भन्नुभयो, ‘मेरो काम मान्छे जगाउने हो, मैले मान्छे जगाउने खुब प्रयास गरेँ, तर मान्छे जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई नै काम लागे । … अब मैले बाँच्नुपर्ने कारण छैन, म मर्दै छु । डुबेर या झुन्डिएर मर्दा प्रहरी र तिमीहरूजस्ता भातेहरूले दु:ख पाउँछौ, त्यसैले भोक लाग्दा यो शरीरलाई खान नदिने, निद्रा लाग्दा सुत्न नदिने, बिरामी पर्दा औषधिको सट्टा रक्सी दिने गरेको छु ।’ यिनै दार्शनिकले २०५६ को असार ७ गते देहत्याग गरेका थिए । चार वर्षभन्दा बढी समयदेखि प्रयास गरेर बडो मुस्किलले देवप्रकाश त्रिपाठीलाई २०५२ को जेठमा …